काठमाडौं क्षेत्र नम्बर १ मा मतगणना सुरु

174 Shares

काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा मतगणना कार्य सुरु गरिएको हो।

काठमाडौं १ का निर्वाचन अधिकृत चुरमान खड्काका अनुसार सर्वदलीय बैठकले राति १० बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेपछि गणना प्रक्रिया अघि बढाइएको हो।

मतदान सकिएपछि मतपेटिका संकलन गरी सुरक्षित रूपमा गणनास्थलमा ल्याइएपछि सर्वदलीय बैठक बसेको थियो। उक्त बैठकको सहमतिपछि आधिकारिक रूपमा मतगणना सुरु गरिएको जनाइएको छ।

काठमाडौं क्षेत्र नम्बर १ मा यसपटक प्रमुख दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ। यहाँ नेपाली कांग्रेसका प्रबल थापा, एमालेका मोहन रेग्मी, राप्रपाका रविन्द्र मिश्र र राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना चुनावी मैदानमा छन्।

यस क्षेत्रमा मतगणनाको प्रारम्भिक नतिजा केही घण्टाभित्र सार्वजनिक हुन सक्ने निर्वाचन कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार

सबै