न्युजिल्याण्डका १४ % मानिसलाई लाग्यो कोरोना, ९० हजार अझै संक्रमित – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका १४ % मानिसलाई लाग्यो कोरोना, ९० हजार अझै संक्रमित

   April 5, 2022  

न्युजिल्याण्डमा भएका मानिसहरु मध्य १४% मानिस कोरोनाबाट संक्रमित भएका छन् । करिब ५० लाख जनसंख्या भएको न्युजिल्याण्डमा ७ लाख १७ हजार बढी मानिसलाई कोरोना संक्रमण पुष्टी भईसकेको छ । यि मध्ये ६ लाख २७ हजार ५ सय ४ जना कोरोनाको संक्रमणबाट मुक्त्त भएका छन् भने करिब ९० लाख अझै संक्रमित छन् । न्युजिल्याण्डमा सकृय कोरोना संक्रमितको संख्या ८९ लाख ७९० रहेको छ । आज मंगलबार मात्र न्युजिल्याण्डमा १७ हजार १८९ कोरोना संक्रमित निको भएका छन् । कोरोना कै कारण न्युजिल्याण्डमा हालसम्म ३८६ जनाको मृत्‍यु भईसकेको छ । आज न्युजिल्याण्डमा थप १४ हजार १ सय ८३ जना संक्रमित थपिएका छन भने २३ जना संक्रमितको मृत्‍यु भएको छ ।