अष्ट्रेलिया पुगे मोदी, शुक्रबार साँझ न्युजिल्याण्ड आइपुग्ने – New Zealand News Nepal (NZ News Nepal)

अष्ट्रेलिया पुगे मोदी, शुक्रबार साँझ न्युजिल्याण्ड आइपुग्ने

   July 9, 2026  

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अष्ट्रेलिया पुगेका छन्। उनी अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग तेस्रो वार्षिक शिखर सम्मेलन (थर्ड एनुअल समिट) को संयुक्त अध्यक्षता गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा मोदीले प्रधानमन्त्री अल्बानीजसँग द्विपक्षीय वार्ता गर्नुका साथै दुवै देशबीचको व्यापक रणनीतिक साझेदारी (Comprehensive Strategic Partnership) लाई व्यापार, सुरक्षा, प्रविधि, शिक्षा, ऊर्जा लगायत पारस्परिक हितका सबै क्षेत्रमा थप मजबुत बनाउने विषयमा विभिन्न सरोकारवालासँग छलफल गर्नेछन्।

अष्ट्रेलियाको भ्रमण सम्पन्न गरेपछि मोदी शुक्रबार साँझ न्युजिल्याण्डको अकल्याण्ड आइपुग्ने कार्यक्रम छ।

शनिबार उनले न्युजिल्याण्डका प्रधानमन्त्रीसँग औपचारिक भेटवार्ता गर्नेछन्। भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार, लगानी, शिक्षा, सुरक्षा तथा हिन्द–प्रशान्त क्षेत्रीय सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

त्यसै दिन प्रधानमन्त्री मोदीले अकल्याण्डमा आयोजना हुने भारतीय समुदायको विशेष कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा भारतीय मूलका हजारौँ व्यक्तिको सहभागिता रहने अपेक्षा गरिएको छ।

तीन देशको भ्रमणको अन्तिम चरण पूरा गरेपछि प्रधानमन्त्री मोदी आइतबार भारत फर्किने कार्यक्रम रहेको छ।