न्युजिल्याण्डका प्रधानमन्त्री लक्सनद्वारा नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

50 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपाल र चीनमा आएको  बाढीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले नेपाल र चीनबाट सार्वजनिक भइरहेका बाढी तथा विनाशका तस्बिरहरू अत्यन्तै दुःखद रहेको भन्दै प्रभावित व्यक्ति, परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गरेका हुन्।

उनले बाढीबाट प्रभावित क्षेत्रमा रहेका न्युजिल्याण्डका नागरिकको अवस्थाबारे नेपालका सम्बन्धित अधिकारीहरूसँग न्युजिल्याण्ड सरकारले सम्पर्क गरिरहेको जानकारी दिएका छन्।

प्रभावित क्षेत्रमा रहेका न्युजिल्याण्डका नागरिकलाई सम्भव भएसम्म आफू सुरक्षित रहेको जानकारी परिवार तथा साथीभाइलाई गराउन पनि प्रधानमन्त्रीले आग्रह गरेका छन्।

आपत्कालीन तथा तत्काल सहयोग आवश्यक परेमा न्युजिल्याण्डको २४ घण्टा उपलब्ध कन्सुलर आपत्कालीन नम्बर +64 99 20 20 20 मा सम्पर्क गर्न सकिने जनाइएको छ।

सम्बन्धित समाचार

सबै