प्रधानमन्त्री जसिन्डाको यूरोप भ्रमण: आईतबार बेल्जियम जादैँ – New Zealand News Nepal (NZ News Nepal)

प्रधानमन्त्री जसिन्डाको यूरोप भ्रमण: आईतबार बेल्जियम जादैँ

   June 21, 2022  

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन  यूरोप भ्रमणमा निस्किने भएकी छिन् । आउँदो आईतबार उनि बेल्जियमको लागि प्रस्थान गर्दै छिन् । व्यवसाय तथा पर्यटनका लागि न्युजिल्याण्ड खुल्ला छ भन्ने सानो तर महत्वपूर्ण सन्देश दिन आफु यूरोप भ्रमणमा जान लागेको प्रधानमन्त्रीले बताएकी छिन् । यूरोपियन युनियन न्युजिल्याण्डको चौथो ठुलो व्यवसायिक साझेदार भएकाले पनि आफ्नो भ्रमण महत्वपूर्ण रहेको उनले बताईन् । यूरोप बसाईका क्रममा प्रधानमन्त्री नाटो सम्मेलनमा सहभागि हुने छिन् । त्यस्तै उनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग पनि भेट्ने कार्यक्रम तय भएको छ । उनी बेल्जियम, स्पेन र बेलायतको भ्रमण गर्ने छिन् । यूरोप भ्रमण सकि प्रधानमन्त्री आर्डेन अष्ट्रेलिया जाने छिन् । ४ दिन अष्ट्रेलिया बसेर उनी न्युजिल्याण्ड फर्किने छिन् ।