बेलायती राजकुमार विलियमलाई भेटेर अष्ट्रेलिया पुगिन् जसिन्डा, बुधबार न्युजिल्याण्ड फर्किदै – New Zealand News Nepal (NZ News Nepal)

बेलायती राजकुमार विलियमलाई भेटेर अष्ट्रेलिया पुगिन् जसिन्डा, बुधबार न्युजिल्याण्ड फर्किदै

   July 3, 2022  

प्रधानमन्त्री जसिन्डा आर्डेन र बेलायती राजकुमार विलियम बिच भेट वार्ता भएको छ । प्रधानमन्त्री आर्डेन र विलियम बिच शनिबार लण्डनको Kensington Palace मा भेट भएको हो । आर्डेन र विलियम बिच मित्रताको सम्बन्ध छ । भेटमा दुई जना बिच आफ्ना व्यक्तिगत कुरा भएको बुझिएको छ । आफु सन् २०१९ मा न्युजिल्याण्ड आएको प्रसँग निकाल्दै राजकुमार विलियमले न्युजिल्याण्ड र बेलायत बिचको सम्बन्धका बारेमा समेत जसिन्डासँग कुरा भएको छ । यूरोप भ्रमणमा रहेकी प्रधानमन्त्री आर्डेन आज आईतबार लण्डनबाट अष्ट्रेलिया जादैँ छिन् । अष्ट्रेलियामा ४ दिन बसेर उनी बुधबार न्युजिल्याण्ड फर्किने कार्यक्रम छ ।