Visit Visa मा विदेश जाने नेपालीले अब २०० डलर मात्र साट्न पाउने – New Zealand News Nepal (NZ News Nepal)

Visit Visa मा विदेश जाने नेपालीले अब २०० डलर मात्र साट्न पाउने

   July 20, 2022  

नेपाल राष्ट्र बैंकले विदेश घुम्न जानेहरूका लागि थप कडाइ गर्ने भएको छ । बैंकले बुधबार एक परिपत्र जारी गर्दै विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त निकायहरुलाई पासपोर्टका आधारमा विदेश भ्रमणमा जानेहरूलाई २०० डलरसम्म मात्र सटही सुविधा दिन निर्देशन गरेको हो । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको बैंकले जनाएको छ । यसअघि बैंकले विदेश भ्रमणमा जानेहरूका लागि ३०० डलरदेखि ५०० डलरसम्मको सटही सुविधा दिने गरेको थियो । तीब्र आयात, रेमिट्यान्समा कमीका साथै विदेश भ्रमण तथा शिक्षाका नाममा विदेशी मुद्राको सञ्चितिमा दबाब परेसँगै सोको रोकावटका लागि विदेशी मुद्रा सटहीमा समेत बैंकले कडाइ गरेको हो ।