प्रधानमन्त्री जसिन्डा आर्डेन आज आफ्नो दुई दिने भ्रमणका लागि सामोवा पुगेकी छिन् । न्युजिल्याण्ड र सामोवा बिच मैत्रीपूर्ण सम्बन्ध बिस्तार भएको ६० वर्ष पुगेको अवसरमा प्रधानमन्त्री सामोवा गएकी हुन् । प्रधानमन्त्री सँग केही मन्त्री तथा अन्य दलका नेता समेत समोवाको राजधानी एपिया पुगेका छन् । सन् १९६२ अघि सम्म सामोवा देश न्युजिल्याण्डको अधिनमा थियो । ५० वर्ष सम्म न्युजिल्याण्डकै शासनमा चलेको सामोवा सन् १९६२ मा न्युजिल्याण्ड बाट अलग भएर छुट्टै देश बनेको थियो । गत जुनमा सामोवाकी प्रधानमन्त्री फियामे नाओमी माताफा न्युजिल्याण्ड भ्रमणमा आएको बेला प्रधानमन्त्री जसिन्डालाई सामोवा भ्रमणको निम्तो दिएकी थिईन । प्रधानमन्त्रीसहितको टोली भोली न्युजिल्याण्ड फर्कदै छ ।


