453
Shares
आउदो अगस्त १९ तारिकका दिन चर्चित पाकिस्तानी गायक आतिफ अस्लमको सांगितिक कार्यक्रम अकल्याण्डमा आयोजना हुँदै छ । आतिफ अस्लम लाईभ इन कन्सर्ट २०२२ नाम दिईएको उक्त कार्यक्रम अकल्याण्डको The Trusts Arena (65-67, Central Prime Drive, Henderson मा आयोजना हुँदै छ । तारिस ईन्टरटेन्मेन्ट र रेड चिल्लिज मिडियाले अस्लमलाई न्युजिल्याण्ड ल्याउन लगेको हो । अस्लम पाकिस्तानका भए पनि उनले थुप्रै भारतीय गीतमा आफ्नो आवाज दिएका छन् । उनी पाकिस्तान, भारत, नेपाल, लगायत विश्वभर रोमन्टिक गीतका लागि चर्चित छन् । उनको कार्यक्रमको प्रवेश शुल्क ५९ डलर देखि ५०० डलर सम्म रहेको छ ।
कार्यक्रमको बारेमा जान्न र टिकट खरिद गर्न यहाँ क्लिक गर्नु होला ।
