पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भयो पहिलो जहाज

252 Shares

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक जहाज ल्यान्ड भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरुको क्षमता परीक्षण गर्न एरोथाइको विमान झरेको हो । क्यालिब्रेसन उडान सुरु गर्न एयरोनटिकल रेडियो अफ थाइल्याण्ड लिमिटेडको एरोथाइ एचएटिएसले पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

शनिबार पोखरा आएको विमानले सोमबार क्यालिब्रेसन ल्यान्ड गरेको हो । जहाज ल्यान्ड भएपनि विमानस्थल संचालनका लागि भने पोखरा १४ मा रहेको ल्यान्डफिल क्षेत्र समस्या बनेको छ । दोस्रो समस्या मानिएको रिट्ठेपानीको डाँडा कटान भएसँगै सो विमानले क्यालिब्रेसन उडान भरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिर (२१ नोभेम्बर)देखि ११ मंसिर (२७ नोभेम्बर)सम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका स्वीकृत गरेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनकर्मीले ऐतिहासिक रुपमा पहिलोपटक जहाज ल्यान्ड भएपनि ल्यान्डफिल साइड समस्याको रुपमा रहेको बताए । उनले यस अघि रिट्ठेपानीको डाडाँ समस्या बन्दै आइरहँदा समस्याको समाधान भएसँगै क्यालिब्रेसन उडान सुरु भएपनि व्यावसायिक उडानका लागि छिटोभन्दा छिटो ल्यान्डफिल साइड हट्नुपर्ने बताए ।

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज ल्यान्डिङ भएको छ । निरीक्षणको दौरानमा छौँ । क्यालिब्रेसनको दौरानमा छौँ । करिब एक हप्ता हामी क्यालिब्रेसन गर्नेछौँ’ उनले भने, ‘यो ठाउँसम्म आइपुग्दा हामीले धेरै आरोह अवरोह पार ग¥र्यौ । अन्तिममा रिट्ठेपानी डाडाँ कटान भइसकेको अवस्थामा जहाज ल्यान्ड भएको छ भने केही समस्या समाधान गर्न बाकिँ छ ।

त्योपनि चाडै समाधान हुन्छ भन्ने आशा गरेका छौँ । महानगरले यसकाल लागि पहल गरेको छ भन्ने ठानेका छौँ ।’ उनले समयमै विमानस्थल निमार्णको काम सम्पन्न गरी आगामी अंग्रेजी नयाँवर्षबाट अन्तर्राष्ट्रिय उडान भर्ने तयारी गरिरहेको जानकारी दिए । कोरोना महामारीका कारण एक वर्ष ढिलाभएपनि थप भएको मितिको समयमै काम सम्पन्न भएको उनको भनाइ छ ।

‘हाम्रो टार्गेट जनवरी १ देखि अप्रेसनमा ल्याउने हो । त्यो हिसाबले नै काम अघि बढेको छ । जनवरी १ देखी कोरोनाका कारण केही ढिला भएपनि हामीले काम सम्पन्न गरेका छौँ’,उनले त्यसैमा थपेँ, ‘हामी निकै खुसी छौँ कि पहिलो पटक जहाज ल्यान्ड भएको छ । यो ऐतिहासिक क्षण हो । विदेशबाट पोखरा आउन अब सहज हुनेछ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता अनुप जोशीले विमानस्थल संचालनमा आएसँगै टाइप बोइङ ३७३ सिरिजको जहाज समेत पोखरामा अवतरण गर्न सक्ने बताए । उनले पोखराबाट सिधै अन्तर्राष्ट्रिय उडान भर्दा पोखराको मुहार फेरिने बताए । ‘क्यालिव्रेसन फ्लाइट भनेको परीक्षण उडान हो । नेपालमै पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोलेस इस्टुमेट ल्यान्डिङ सिस्टम अनुसार भएको छ । त्यसको पनि परीक्षण हो ।

यो भनेको ग्राउन्ड बेस सिस्टम हो’, उनले भने, ‘सबै सिग्नल पाइरहेको छ कि छैन, लाइटहरुले काम गरेको छ की छैन र जमिन थर्किएको छ की छैन भन्ने लगायतका प्राविधिक जाँच गरिएको हो ।’ उनले अहिले २१ नोभेम्बदेखि २५ सम्म निरन्तर २७ र २८ नोभेम्बरमा विहान १० बजेदेखी १ बजेसम्म र दिउँसो साढे २ बजेदेखि साढे पाँच बजेसम्म उडान भर्ने तालिका रहेको जानकारी दिए । उनका अनुसार क्यालिब्रेसन उडान सकिएपछि त्यसबारेमा जानकारी दिने र प्रारम्भिक प्रतिवेदन बुझाउने काम हुने उनको भनाइ छ । तर, प्रारम्भिक प्रतिवेदन आएपनि अन्तिम प्रतिवेदनका लागि समय लाग्ने छ । जसका लागि डाटा एनलाइसिसि गर्नुपर्ने हुन्छ । पोखराबाट जनवरी १ देखि नै व्यवसायिक उडान गर्ने योजना रहेको उनले सुनाए ।

 

 

सम्बन्धित समाचार

सबै