दाङमा एमालेको सुन्य सिट, कोमल ओली देखि शान्ता चौधरी जस्ता चर्चित अनुहार पराजित

एमाले महासचिव शंकर पोखरेल पनि पराजित

357 Shares

दाङमा प्रतिनिधिसभा अन्तर्गत तीनवटै निर्वाचन क्षेत्रमा एमाले पराजित भएको छ। २०७४ सालको निर्वाचनमा वामकिल्लाका रूपमा चिनिएको एमाले योपटक भने जितविहीन भएको हो। एमाले महासचिव शंकर पोखरेलको गृहजिल्ला दाङमा एमालेले प्रतिनिधिसभा र प्रदेशसभातर्फ सबै सिट गुमाएको हो। प्रतिनिधिसभाततर्फ निर्वाचन क्षेत्र नं. १ मा एमाले उम्मेदवार शान्ता चौधरी पराजित भएकी हुन्। उनी नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीसँग पराजित भइन् भने एमाले महासचिव शंकरपोखरेल पनि हारबाट जोगिन सकेनन्। उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मासँग पराजित भए। दाङ क्षेत्र नं. २ मा एमाले महासचिव पोखरेललाई बलियो उम्मेदवारका रूपमा लिइएको थियो तर अन्तिम नतिजा भने उनको पक्षमा हुन सकेन। त्यस्तै दाङ क्षेत्र नं. ३ बाट एमाले उम्मेदवार कोमल वली पनि पराजित भएकी छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीसँग पराजित भएकी हुन्। एमालेले दाङका तीन क्षेत्रका ६ वटै प्रदेशसभा पनि गुमाएको छ।

सम्बन्धित समाचार

सबै