254
Shares
गएराती ताउपोमा ५.४ रेक्टर स्केलको भुकम्प गएको छ । बुधबार राती ११:४७ मा भुकम्पको झट्का महसुस गरिएको हो । ताउपोको १५ किलोमिटर दक्षिण पश्चिममा भुकम्पको केन्द्रबिन्दु रहेको थियो । जमिनसतहबाट ५ किलोमेटर गहिराइमा भुकम्प गएकोले त्यस्को झट्का शक्तीशाली रहेको थियो । भुकम्प लगतै केही पराकम्पनहरु समेत महसुस गरिएको थियो । भुकम्पको झट्का नेपियर, पामर्स्टन नर्थ लगायत अन्य क्षेत्रका मानिसहरूले महसुस गरेका थिए ।