266
Shares
न्युजिल्याण्ड भरि आगामी केही दिन वर्षा हुने मौसम बिभागले जानकारी दिएको छ । मेट सर्भिसले जारी गरेको बुलेटिनमा न्युजिल्याण्डको मध्य नर्थ आईल्याण्ड र उच्च साउथ आईल्याण्डका बिभिन्न भेगमा आगामी सोमबार सम्म वर्षा हुने जनाएको छ । गर्मी बढे पनि वर्षाका कारण साउथ आईल्याण्डको अधिकांश भेगमा चिसो महसुस हुने छ । भारी वर्षाको सम्भावना नरहेता पनि शुक्रबार, शनिबार, आईतबार र सोमबार देशभर हल्का तथा मध्यम खालको वर्षा हुने छ । केही भु भागमा चट्याङ सहित वर्षा हुने सम्भावना रहेको मेट सर्भिसले जारी गरेको बुलेटिनमा उल्लेख छ ।