सत्तारुढ दल नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । पाँच पटकसम्म मिति सारेपछि आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौं गर्ने भनिएको १४ औं महाधिवेशन हुनेनहुने आशंका भइरहेका बेला शुक्रबा। वडा अधिवेशनहरु सुरु भएका छन् ।
कांग्रेस महाधिवेशनका लागि वडा अधिवेशन प्रारम्भिक चुनाव हो । प्रारम्भिक अधिवेशन सुरु भएसँगै मंसिरको महाधिवेशन हुने निश्चित भएको कांग्रेस नेताहरुले बताएका छन् । शुक्रबार देशभरका ६ हजारभन्दा धेरै वडामा एकै पटक अधिवेशन गर्ने भनिए पनि आवश्यक तयारीका कारण शुक्रबार देशका केही वडाहरुमामात्र अधिवेशन सुरु भएको छ । केही वडाहरुमा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । यही भदौ २३ गतेसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेसले जनाएको छ । शुक्रबार वडा अधिवेशन सुरु भएपछि कांग्रेसका शीर्ष नेताहरुले अधिवेशन सफलताको कामना गर्दै महाधिवेशन निश्चित भएको सन्देश दिएका छन् । सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भक्तपुरकोे सूर्यविनायक नगरपालिकाको वडा अधिवेशन उद्घाटनमा पुगेका छन् । सूर्यविनायक नगरपालिकाको वडा नम्बर ५ को कटुन्जेमा सभापति देउवाले वडा अधिवेशन उद्घाटन गरेका छन् ।


