Sausage Roll सहित भेटे हिप्किन्सले ॠषि सुनाकलाई

267 Shares

बेलायतका प्रधानमन्त्री ॠषि सुनाक र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्स बिच भेटवार्ता भएको छ । लण्डन स्थित प्रधानमन्त्रीको कार्यालयमा दुई प्रधानमन्त्री बिच भेट भएको हो । भेटका क्रममा सुनाक ससेज रोलका साथ थिए भने हिप्किन्सले वेटिजको टोमेटो सस बोकेका थिए । वेटिज न्युजिल्याण्डमा खानेकुरा उत्पादन गर्ने कम्पनी हो । दुई प्रधानमन्त्री बिचको यो पहिलो भेट हो । यसअघि क्रिस हिप्किन्स प्रधानमन्त्री बन्दा सुनाकले बधाई दिदैँ आफुहरु चाडैँ ससेज रोलका साथ भेट्ने भएका थिए । जवाफमा हिप्किन्सले म टोमेटो सस लिएर आउछु भनेका थिए । त्यो बेलाको हसीमजाक सदर्भ उनिहरु भेट्दा पुरा गरेका छन् ।
भेटका क्रममा न्युजिल्याण्ड र बेलायत बिचको सम्बन्धका बिषयमा चर्चा भएको थियो । आजै बेलायत र न्युजिल्याण्ड बिच फ्री ट्रेड सम्झौता समेत भएको छ जुन यसै महिनाको अन्त्यबाट लागु हुने छ ।
राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुन प्रधानमन्त्री हिप्किन्स बेलायत पुगेका हुन् । उनले हिजो राजा चार्ल्ससँग भेट गरेका थिए । ।

भोली लण्डनको वेस्टमिनिस्टर गिर्जाघरमा राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा हुँदै छ ।

सम्बन्धित समाचार

सबै