बुबाको मुख हेर्ने दिन दुई छोराले गर्दै छन् नेम्वाङको अन्त्येष्टि – New Zealand News Nepal (NZ News Nepal)

बुबाको मुख हेर्ने दिन दुई छोराले गर्दै छन् नेम्वाङको अन्त्येष्टि

   September 14, 2023  

 संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको आज शवयात्रासहित पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट रहेको नेकपा एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले ११ बजे अघि नै पशुपति आर्यघाट पुग्ने गरी शव यात्रा सुरु हुने जानकारी दिए ।

मंगलबार बिहान १ बजे हृदयघातबाट निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर बुधबार दिउँसो एक बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि बालुवाटारस्थित निजी निवासमा लगिएको थियो । 

नेम्वाङको निधनको शोकमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।