348
Shares
न्युजिल्याण्डमा भर्खरै सम्पन्न भएको २०२३ को आमनिर्वाचनले नेसनललाई देश कै ठुलो पार्टी बनाउदै सत्ता तर्फ फर्काएको छ । दुई कार्यकाल अर्थात ६ वर्ष पछि नेसनल पुन: सरकारमा फर्किएको छ । लेबर पार्टीको तर्फबाट २०१७ मा जसिन्डा आर्डेन देशको प्रधानमन्त्री बनेकी थिईन् । सन् २०२० मा पनि लेबर ले नै बहुमत हाशिल गर्दै अर्को ३ वर्षलाई प्रधानमन्त्री आफ्नो भागमा पारेको थियो । जसिन्डाको दोस्रो कार्यकाल सकिन ८ महिना बाँकी छदैँ उनले गत जनवरीमा प्रधानमन्त्री पदबाट राजिनामा दिएकी थिईन् । त्यस्पछि लेबरका अर्का नेता क्रिस हिप्किन्स देशको प्रधानमन्त्री बनेका थिए । तर हिप्किन्सको कार्यकाल भने यो आमनिर्वाचनले टुङ्गाएको छ । २५ जनवरीबाट प्रधानमन्त्रीको पद सम्हालेका हिप्किन्सको कार्यकाल २६३ दिनमा सकिएको छ ।