आमनिर्वाचन: मतदान गर्ने अन्तिम दिन आज

266 Shares

न्युजिल्याण्डमा जारी आमनिर्वाचनका लागि मतदान गर्ने आज अन्तिम दिन रहेको छ । गत अक्टोबर २ बाट सुरु भएको एड्भान्स भोटिङ पछि आज निर्वाचनको मुख्य दिन रहेको छ । मतदान स्थल आज बिहान ९ बजे देखि साझँ ७ बजे सम्म खुला रहने छ । मतदान सकिने लगत्तै न्युजिल्याण्डमा कुन पार्टीले कति जित्यो भन्ने प्रारम्भिक मत परिणाम आउन थाल्ने छ । आजै अबेर सम्ममा न्युजिल्याण्डले आगामी ३ वर्षका लागि संसदमा प्रतिनिधित्व गर्ने निर्वाचित सांसदको सुचि सार्वजनिक गर्ने तयारी रहेको छ ।

सम्बन्धित समाचार

सबै