1.8K
Shares
न्युजिल्याण्डमा कोरोनाको संक्रमण पुन: बढ्न थालेको छ ।
पछिल्लो एक सातामा देशभर ८ हजार ४० जनामा कोरोनाको नयाँ संक्रमण देखिएको छ । तेफातुओरा र स्वास्थ्य मन्त्रालयका अनुसार अहिले दैनिक करिब १२ सय हाराहारीमा कोरोनाको संक्रमित थपिन थालएका छन् र यो संख्या दैनिक रुपमा बढ्दै गएको बताईएको छ । त्यस्तै एक हफ्तामा ११ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाउनु परेको छ । ३२४ जना हाल अस्पतालमा भर्ना भएका छन् र ति मध्ये ६ जनाको आईसियुमा राखेर उपचार भईरहेको छ । न्युजिल्याण्डमा हालसम्म २५ लाख ६२ हजार ५३ जनामा कोरोना संक्रमण भईसकेको छ । कोरोना कै कारण ३ हजार ७ सय २२ जनाको ज्यान गईसकेको छ ।