लेबर पार्टीको ‘मिसन २०२६’

387 Shares

न्युजिल्याण्डको प्रमुख बिपक्षी दल लेबर पार्टीले सन् २०२६ मा हुने आमनिर्वाचनको तयारी सुरु गर्ने संकेत दिएको छ । आज सामाजिक संजालमा लेबर पार्टीका सांसदहरुको ग्रुप फोटो पोस्ट गर्दै ‘२०२६- गेम अन’ क्याप्सन राखिएको छ । लेबर पार्टीको संसदिय दलको बैठक पछि उक्त तस्बिर लिईएको थियो l गत निर्वाचनमा जम्मा ३४ सिट जितेको लेबर पार्टीले अब २०२६ मा हुने निर्वाचनमा कमब्याक गर्न सक्ने आंकलन गरेको छ । हालको संसदमा नेसनलको ४९, एक्टको ११ र एनजेड फर्स्टको ८ गरि ६८ सांसदको समर्थनमा नेसनलका क्रिस्टोफर लक्सन प्रधानमन्त्री रहेका छन् ।

सम्बन्धित समाचार

सबै