399
Shares
सिस्टममा समस्या आएको र अर्डर लिन नसक्ने भन्दै न्युजिल्याण्ड भरिका McDonald’s आज बन्द भएका छन् ।
आज साझँ बाट यो समस्या आएपछि रेस्टुराँ बन्द गरिएको हो ।
न्युजिल्याण्डका अलावा यो समस्या अष्ट्रेलिया, बेलायत र जापानका स्टोरहरुमा पनि देखिएको छ ।
कम्पनीको तर्फ बाट कुनै आधिकारीक जानकारी नआए पनि त्यहाँ काम गर्ने कर्मचारीका अनुसार कम्पनीको सिस्टममा ठुलै समस्या आएको बताईएको छ ।
यो समस्या समाधान हुन कती समय लाग्ने यसबारेमा यकिन नभएको उनिहरुको भनाई रहेको छ l