न्युजिल्याण्ड आईपुगे चिनिँया बिदेशमन्त्री वाङ

331 Shares

चीनका विदेशमन्त्री वाङ यी न्युजिल्याण्ड आईपुगेका छन् । उनि आज चिनिँया प्रतिनिधि मण्डल सहित राजधानी वेलिङ्टन आईपुगेका हुन् । बिदेशमन्त्री वाङले आजै न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स सँग भेट गरेका छन् । दुई देश बिच साझा रहेको व्यापार सम्झौता र दुई देश बिचको सम्बन्धको बारेमा दुई नेता बिच कुरा भएको थियो । बिदेश मन्त्री याङ ७ वर्षपछि न्युजिल्याण्ड आएका हुन् । उनी सन् २०१७ मा जसिन्डा आर्डेर्न प्रधानमन्त्री हुँदा न्युजिल्याण्ड आएका थिए । त्यसअघि २०१४ मा पनि याङले न्युजिल्याण्डको भ्रमण गरेका थिए ।

भ्रमणका क्रममा उनले ’अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थिति’ को सामना गर्दै ‘मित्रहरू’ सँग काम गर्ने आवश्यकतामा जोड दिएका छन् ।

वाङको यो भ्रमणले न्युजिल्याण्ड र अस्ट्रेलियामार्फत कूटनीतिक आक्रमणको सुरुआतलाई संकेत गर्दछ । । बेइजिङले घरेलुस्तरमा सुस्त आर्थिक वृद्धिबाट हुने पीडालाई कम गर्न चाहेको बेला भ्रमणमा व्यापारमाथि व्यापक ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ । 

राजधानी वेलिङ्टनमा बोल्दै वाङले आफ्नो भ्रमण ताइवान र दक्षिण चीन सागर जस्ता मुद्दामा बेइजिङको आक्रामक अडान अपनाएकाले तनावमा परेको कूटनीतिक सम्बन्धलाई सुदृढ बनाउने अवसर भएको बताए । 

‘वर्तमान अस्तव्यस्त अन्तर्राष्ट्रिय परिस्थितिको सामना गर्दै साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा न्युजिल्याण्डका हाम्रा मित्रहरूसँग रणनीतिक सञ्चार सुदृढ बनाउन हामी इच्छुक छौँ’, न्युजिल्याण्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँगको बैठकअघि उनले भने, ‘साथै हामी यस क्षेत्र र विश्वमा शान्ति तथा स्थिरता कायम राख्न मिलेर काम गर्नेछौँ ।’

न्युजिल्याण्ड संयुक्त राज्य अमेरिका, क्यानाडा, संयुक्त अधिराज्य र अस्ट्रेलियासँग फाइब आइज गुप्तचर साझेदारी गठबन्धनको हिस्सा हो । यद्यपि आफ्नो व्यापारिक सम्बन्धलाई आफ्ना सहयोगीहरूको चिन्ताभन्दा माथि राखेर चीनमाथि नरम व्यवहार अपनाएकामा वेलिङ्टनको आलोचना गरिएको छ । 

चीन न्युजिल्यान्डको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो र चिनियाँ उपभोक्ताहरू लामो समयदेखि न्युजिल्यान्डको मासु, मदिरा, दूध र काठमा निर्भर छन् । 

‘चीन–न्युजिल्याण्ड सम्बन्ध विकसित मुलुकहरूसँगको चीनको सम्बन्धभन्दा अग्रपङ्क्तिमा रहनेछ’, विदेशमन्त्री वाङले भने, ‘हामीबीचको सम्बन्ध सुमधुर र राम्रोसँग विकसित भएको छ ।’

यसै साताको अन्त्यमा वाङले क्यानबेरामा अस्ट्रेलियाली विदेशमन्त्री पेनी वोङसँग भेट गर्नेछन्। चीन र अस्ट्रेलियाले हालै व्यापार विवादहरूको एउटा शृङ्खलाको समाधान गरेका छन् ।  क्यानबेराले फाइब जी सम्झौताबाट हुवावेलाई प्रतिबन्ध लगाएको र कोभिड-१९ को उत्पत्तिको जाँचको आह्वान गरेको जवाफमा बेइजिङले सन् २०२० मा प्रमुख निर्यातहरूमा शुल्क र व्यापार अवरोध लगाएको थियो ।  

सम्बन्धित समाचार

सबै