थाईल्याण्डमा पक्राउ परे दुई न्युजिल्याण्डका नागरिक, कारण यस्तो

466 Shares

थाईल्याण्डको फुकेट प्रहरीले दुई जना न्युजिल्याण्डका नागरिकलाई पक्राउ गरेको छ ।
फुकेटको सडकमा उनिहरुले तिब्र गतिमा मोटरसाईकल कुदाएको र प्रहरीले पुल ओभर मार्फत सोधपुछ गर्दा उल्टै प्रहरीलाई दुर्ब्यवार गरिएको थियो ।
उनिहरुले प्रहरीको बन्दुक खोसेको र आक्रमण गरेका थिए । ३६ वर्षिय ह्यामिस डे र ३८ वर्षिय ओस्कार डे नाम गरेका दुई जना घटनामा संलग्न भएको थाई प्रहरीले जनाएको छ । उनिहरुलाई तुरुन्तै पक्राउ गरिएको र बिभिन्न आरोपमा मुद्दा चलाईने प्रहरीले बताएको छ । उनिहरुले बिना लाईसेन्स सवारी चलाएको, प्रहरीको काममा दखल  दिएको, प्रहरी माथी आक्रमण गरेको लगायतको मुद्दा चलाईने भएको हो । उनिहरु पक्राउ परेको खबर परराष्ट्र मन्त्रालय मार्फत न्युजिल्याण्ड सरकारलाई जानकारी गराईएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

सबै