वर्क भिसामा न्युजिल्याण्ड पठाईदिने भन्दै ४ लाख ठगी गर्ने पक्राउ

629 Shares

वर्क भिसामा न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। झापा मेचिनगर घर भई हाल काठमाडौँको मैतिदेवी बस्ने समित भट्टराईलाई प्रहरीले  काठमाडौँको मीनभवनबाट पक्राउ गरेको हो। भट्टराईले पदम बुढा नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि न्युजिल्याण्ड पठाइदिन्छु भन्दै ४ लाख रुपैयाँ लिई फरार भएका थिए। भट्टराईले पदमलाई न्युजिल्याण्ड जान १४ लाख लाग्छ र पुगेपछि एक कम्पनीका काम लगाइदिन्छु, मासिक २ लाख ५० हजार तलब हुन्छ भनि प्रलोभनमा पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। भट्टराईलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताचहल पठाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै