४ वर्ष पछि अकल्याण्डमा सिचुवान एयरलाइन्सको सेवा, नेपालबाट आउने यात्रुलाई लाभ हुने

948 Shares

चिनिँया हवाई सेवा कम्पनी सिचुवान एयरलाईन्सले अकल्याण्ड-छेन्दु उडान पुन सुचारु गर्ने भएको छ । आउदो अप्रिल महिनाको १७ तारिकदेखि सिचुवान प्रान्तको छेन्दुबाट न्युजिल्याण्डको अकल्याण्ड सम्म सिधा हवाई उडान सुरु गर्न लागेको हो । कोभिड फैलिएपछि सन् २०२० को मार्चबाट सिचुवानले अकल्याण्ड उडान बन्द गरेको थियो । सस्तो हवाई दर, छोटो ट्रान्जिट र राम्रो सेवाको कारण सिचुवान एयरलाइन्स नेपालीहरुलाई लागि पनि भरपर्दो एयरलाईन्सको रुपमा लिन सकिने छ ।

काठमाडौंबाट छेन्दुको नयाँ बनेको Tianfu International Airport मा सिचुवानले दैनिक एक उडान गर्दै आएको छ । त्यस्तै एयर चाइनाले पनि काठमाडौं उडान दैनिक रुपमा गर्दै छ । उता छेन्दु मै रहेको अर्को अन्तराष्ट्रिय बिमानस्थल Shuangliu International Airport एक दिन बिराएर काठमाडौं उडान हुँदै आएको छ । अकल्याण्डबाट पुन: सुरु हुने उडान भने नयाँ बिमानस्थलमा अवतरण हुने भएको छ । नेपालको काठमाडौं बाट न्युजिल्याण्डको अकल्याण्डसम्मको सुरुवाती न्युनतम भाडा दर ८५ हजार नेपाली रुपैया राखिएको छ ।

सम्बन्धित समाचार

सबै