सडक दुर्घटनामा निधन भएका सुरेन्द्रको शव नेपाल पुर्याईयो, धनुषामा गरियो अन्तिम संस्कार

429 Shares

सडक दुर्घटनामा निधन भएका सुरेन्द्रको शव नेपाल पुर्याईयो, धनुषामा गरियो अन्तिम संस्कार

न्युजिल्याण्डको साउथ आईल्याण्डस्थित ओमारुमा सवारी दुर्घटनामा परि मृत्‍यु भएका सुरेन्द्र सर्बरियाको शव नेपाल पुर्याईएको छ ।
न्युजिल्याण्डस्थित नेपाली वाणिज्य दुत आत्माराम खनालले दिनु भएको जानकारी अनुसार सुरेन्द्रको उनकै जिल्ला धनुषामा अन्तिम संस्कार
गरिएको हो । परिवारलाई घटनाको क्षतिपूर्ति दिन आवश्यक प्रकृया समेत अगाडि बढाईएको खनालले जानकारी दिनु भएको छ । सुरेन्द्रको परिवारलाई दुर्घटना क्षतिपूर्ति निगम मार्फत सहयोग प्रदान गर्न वाणिज्य दुतावासले निवेदन दर्ता गराएको छ । उनको शव नेपाल पठाउन सहयोग गर्ने सबै प्रति दुतावासले धन्यवाद समेत दिएको छ ।

१५ महिना अगाडि न्युजिल्याण्ड आएका सुरेन्द्रको गत मार्च २२ तारिकका दिन दुर्घटनामा मृत्‍यु भएको थियो ।

सम्बन्धित समाचार

सबै