नेपाली संसदमा हात हालाहालको अवस्था, संसद् बैठक स्थगित – New Zealand News Nepal (NZ News Nepal)

नेपाली संसदमा हात हालाहालको अवस्था, संसद् बैठक स्थगित

   May 17, 2024  

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो ।

ओली र गुरुङबीच हात हालाहालको अवस्था आएपछि अरु सांसदहरूले रोकेका थिए । गुरुङ ओलीतिर अघि बढेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलासहितले हस्तक्षेप गरेका थिए ।

ओली र गुरुङबीच भनाभनपछि सांसदहरूबीच हात हालाहालको अवस्था आएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक नै स्थगित गरेका छन् ।