नेपालमा बजेट भाषण आज, न्युजिल्याण्डमा बिहीवार – New Zealand News Nepal (NZ News Nepal)

नेपालमा बजेट भाषण आज, न्युजिल्याण्डमा बिहीवार

   May 28, 2024  

आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको बजेट आज मंगलबार सार्वजनिक हुने भएको छ । आज नेपाली समय अनुसार दिउँसो १ बजे बस्ने संसद बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै न्युजिल्याण्डमा पनि बिहीवार आर्थिक वर्ष २०२४/२५ का लागि वार्षिक बजेट सार्वजनिक हुँदै छ । न्युजिल्याण्डकी अर्थ मन्त्री निकोला विलिसले बिहीवार बजेट सार्वजनिक गर्दै छिन् ।