नेपाल र न्युजिल्याण्डको सम्बन्ध ‘स्पेसल’ छ : प्रधानमन्त्री लक्सन

369 Shares

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले न्युजिल्याण्ड र नेपाली बिचको सम्बन्ध बिशेष रहेको बताएका छन् ।
७१ औं एभरेष्ट डेको अवसरमा न्युजिल्याण्डको संसद भवनमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री लक्सनले नेपाल र न्युजिल्याण्ड बिचको सम्बन्ध बिशेष रहेको बताएका छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको ७१ वर्ष पुगेको अवसरमा हिजो नेपाली समुदायले न्युजिल्याण्डको संसद परिसरमा बिशेष कार्यक्रम आयोजना गरिएको थियो जस्मा न्युजिल्याण्डका प्रधानमन्त्रीले सम्बोधन गरेका थिए सगरमाथामा पहिलो पटक सफल आरोहण गरेको आज ७१ वर्ष पुग्दै छ । सन् १९५३ मे २९ तारिकका दिन न्युजिल्याण्डका एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनको सम्झनामा हरेक वर्ष मे २९ तारिक र त्यस्को आसपासमा न्युजिल्याण्डमा सगरमाथा दिवस अर्थात एभरेष्ट डे मनाउने गरिन्छ ।

सम्बन्धित समाचार

सबै