433
Shares
न्युजिल्याण्ड सरकारले वर्षेनी दिदै आएको बिरामी बिदामा कटौती गर्ने तयारी गरेको छ । सरकारका अनुसार पार्टटाईम काम गर्ने कामदारले अब देखि वर्षेनी पाउदै आएको १० दिन बिरामी बिदा हटाउने भएको छ ।
कार्यस्थल सम्बन्ध र सुरक्षा मन्त्री ब्रुक भ्यान भेल्डेनले व्यवसायहरूको लागि जटिलता कम गर्न बिदा ऐन २००३ (Holiday Act 2003) लाई परिमार्जन गर्ने तयारी रहेको बताएकी छिन् । उनका अनुसार अघिल्लो सरकारले बढाएको बिरामी बिदाले व्यवसायमा जटिलता बढाएको छ । तत्कालिन न्युजिल्याण्ड सरकारले बिरामी बिदा ५ दिनबाट १० मा बढाएको थियो । न्युजिल्याण्डमा काम गर्ने सम्पूर्ण कामदारले हाल वर्षको १० दिन बिरामी बिदा पाउदै आएका छन् ।
मन्त्री भेल्डेनका अनुसार हाल बिभिन्न निकाय सँग यसबारेमा छलफल जारी रहेको छ र आवश्यक परामर्श गरि आउदो सेप्टेम्बरमा यसबारेमा निर्णय गरिने छ ।