भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए शपथ

220 Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन् ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन् ।

मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन् । मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन् । एनडीए गठबन्धनबाट सरकार बनाउने दाबि पेश गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले मोदीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

 

योसँगै मोदीले लगातार तीन कार्यकाल प्रधानमन्त्री बन्ने पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको कीर्तिमानको बराबरी गरेका छन्। नेहरू सन् १९५२, १९५७ र १९६२ मा लगातार तीन पटक भारतको प्रधानमन्त्री बनेका थिए ।

आइतबार मोदीसँगै ११ दलका ७२ मन्त्रीले पनि शपथ लिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । यसरी सपथ लिने मन्त्रीहरुमा अमित शाह, राजनाथ सिंह, नीतिन गडकरी, जेपी नड्डा र शिवराज सिंह चौहान लगायतका रहेका छन् ।

सम्बन्धित समाचार

सबै