विश्वकप टि २० अन्तर्गत आज हुने खेलमा न्युजिल्याण्डले वेष्ट ईण्डिजको सामना गर्दै छ ।
समुह चरण अन्तर्गत यो न्युजिल्याण्डको दोस्रो खेल हो । वेष्ट ईण्डिजबिरुद्धको खेल न्युजिल्याण्ड समयअनुसार आज दिउँसो १२:३० बजे देखि सुरु हुने छ । प्रतियोगितामा अपराजित रहेको वेष्ट ईण्डिज २ खेल जित्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने पहिलो खेल हारेको न्युजिल्याण्ड अन्तिम स्थानमा रहेको छ । न्युजिल्याण्ड आजको खेल जित्नै पर्ने दबावमा रहेको छ । पहिलो खेलमा अफगानिस्तानसँग ८४ रनको हार व्यहोरेको न्यूजिल्याण्डले आजको खेल हारे विश्वकपबाट बाहिरिने सम्भावना बढेर जाने छ ।


