चिनियाँ प्रधानमन्त्री ली छ्याङ आज न्युजिल्याण्ड आईपुगेका छन् ।
३ दिने औपचारिक भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली न्युजिल्याण्ड आएका हुन् । उनलाई न्युजिल्याण्डका गभर्नर जनरन सिन्डी किरो र प्रधानमन्त्री क्रिस्टोफर लक्सनले राजधानी वेलिङ्टनमा स्वागत गरेका छन् ।
चीनको तर्फबाट प्रधानमन्त्री लीको भ्रमण सन् २०१७ यता कै उच्चस्तरिय भ्रमण रहेको छ ।
चिनियाँ प्रधानमन्त्रीसहित टोलीले वेलिङ्टन र अकल्याण्डको भ्रमण गर्ने कार्यक्रम रहेको छ । न्युजिल्याण्डको भ्रमण सकेर प्रधानमन्त्री लि शनिबार अष्ट्रेलिया प्रस्थान गर्ने छन् ।
अष्ट्रेलिया पछि उनी मलेसिया हुँदै चीन फर्किने बताईएको छ ।


