साउदीमा हजयात्रा गर्न गएका एक जना न्युजिल्याण्डका नागरिकको मृत्यु भएको छ ।
हज यात्रा गर्ने क्रममा न्युजिल्याण्डको नागरिक भएको न्युजिल्याण्डको पर राष्ट्र मन्त्रालयले पुष्टी गरेको छ ।
साउदी अरबमा चरम गर्मीका कारण हज यात्रा गर्न गएकाहरुको मृत्यु भएको हो । यो वर्ष साउदीमा हज यात्रा गर्न गएका एक हजार १०० भन्दा बढी मानिसको ज्यान गएको छ।
मुस्लिमहरूको पवित्र शहर मक्कामा हजको समयमा तापक्रम ५१.८ डिग्री सेल्सियस पुगेको छ।
यो चरम गर्मीमा बस्ने ठाउँ र पानीको अभावले हाजीको ज्यान गयो। यो वर्ष विश्वभरबाट करिब १८ लाख मुस्लिम हज गर्न साउदी अरब आएका थिए।
साउदी अरबको स्वास्थ्य मन्त्रालयले मृत्युको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन।
विभिन्न रिपोर्टका अनुसार मृत्यु हुनेको संख्या ११ सय नाघेको छ।
इजिप्ट, इण्डोनेसिया,सेनेगल, जोर्डन, इरान, इराक, भारत र ट्युनिसियाका हाजीको ठूलो संख्यामा मृत्यु भएको छ।
इजिप्टका ६५८‚ इण्डोनेसियाका २००, भारतका ९८ र पाकिस्तानका ३५ हाजीले ज्यान गुमाएका छन्।


