विश्वको चौथो सुरक्षित देश न्युजिल्याण्ड ! बाहिर चर्चा भएजस्तो छैन न्युजिल्याण्डको सुरक्षा व्यवस्था ! – New Zealand News Nepal (NZ News Nepal)

विश्वको चौथो सुरक्षित देश न्युजिल्याण्ड ! बाहिर चर्चा भएजस्तो छैन न्युजिल्याण्डको सुरक्षा व्यवस्था !

   July 23, 2024  

न्युजिल्याण्ड विश्वको सबैभन्दा सुरक्षित देशहरुको सुचीमा चौथो नम्बरमा पर्दछ ।
न्युजिल्याण्डको अगाडि आईसल्याण्ड, आयरल्याण्ड र अष्ट्रिया सबै भन्दा सुरक्षित देशको सुचीमा रहेका छन् ।
विश्वव्यापी रूपमा चौथो स्थानमा रहेको न्यूजील्याण्डले आफ्नो शान्त परिदृश्य र शान्त सामाजिक वातावरणले विश्वलाई प्रभावित पारेको छ।
तर बाहिर आएजस्तो साँच्चै न्युजिल्याण्ड सुरक्षित छ त ? न्युजिल्याण्डमा दैनिक जस्तो घरेलु अपराधको घटना घटिरहेका छन् ।
ठुला शहर देखि साना साना टाउनमा पनि अपराधमा घटना बढिरहेको छ ।
चाहे त्यो ठुलो मलमा भएको डकैती होस् या सामान्य कार चोरीको घटना, न्युजिल्याण्डमा स-साना घटनाले न्युजिल्याण्डको सुरक्षा व्यवस्थामाथी बारम्बार प्रश्न उठ्दै आएको छ ।
आँकडा हेर्ने हुँदा न्युजिल्याण्डमा पछिल्लो एक वर्षमा ३८ हजार जना अपराधिक घटनाबाट प्रभावित भएका छन् ।

न्युजिल्याण्डमा घरेलु हिंसाको संख्या बढी छ । परिवारमा कलहका कारण हुने घटना मात्र १२ % ले बढेको छ । त्यसका अलावा ठुला शहरका मल तथा पसलमा हुने चोरी-डकैतीको संख्या बढ्दो क्रममा छ । न्युजिल्याण्डका ठुलो शहर अकल्याण्डमा मात्र औषदमा हरेक ४ दिन मा एउटा यस्तो प्रकारको घटना घटिरहेको हुन्छ । घर भित्र पसेर गरिने लुटपाट, सवारी साधनको चोरी, सामाजिक दुर्व्यवहार लगायतको घटना पनि न्युजिल्याण्डमा हुने गरेका छन् ।

ज्यानै लिने हिसाबमा गरिएका घटना पनि बढ्दो क्रममा रहेको छ । सन् २०२२ मा ७५ जनाको हत्या गरिएको थियो । प्रहरी पछिल्लो बिवरण सार्वजनिक नगरे पनि सन् २०२२ अगाडिको वर्षमा न्युजिल्याण्डमा हत्याको घटना बढ्दो छ । सन् २०१९ मा हालसम्म कै बढी ११५ जनाको हत्या भएको थियो । त्यसयता क्रमश: ५२ र ५९ जनाको हत्या भएको थियो ।

हालको रिपोर्ट अनुसार न्युजिल्याण्डमा बढ्दो अपराधीक घटनामा युवाको संलग्नता देखिएको छ । १८ वर्ष देखि ३० वर्ष उमेर समुहका युवा बढी अपराधीक कृयाकलापमा लागि परेको देखिन्छ । एउटा सर्वेक्षण अनुसार ८७ % न्युजिल्याण्डका नागरिकलाई पछिल्लो ५ वर्षमा अत्याधिक अपराधीक घटना बढेको लाग्दछ । देशमा फितलो सुरक्षा व्यवस्था कै कारण यस्ता घटना घट्ने गरिएको केहीले बताएका छन् । केहीले भने प्रहरीको निगरानी माथी प्रश्न उठाएका छन् । सबै कुराको प्रमाण हुँदा नि कतिपय घटनामा प्रहरीको सहयोग अभाव रहेको सर्वेक्षणमा सहभागी केहीले बताएका छन् ।