न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अमेरिका प्रस्थान – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अमेरिका प्रस्थान

   July 9, 2024  

 

अमेरिकाको वासिङटनमा आयोजना हुने नाटो समिटमा सहभागी हुन न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन त्यसतर्फ प्रस्थान गरेका छन् । उनी मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । प्रधानमन्त्री लक्सनले अमेरिकाका राष्ट्रपती जो बाईडेनसँग भेट गर्ने कार्यक्रम रहेको छ । न्युजिल्याण्ड नाटोको सदस्य राष्ट्र नभएपनी हरेक वर्ष ईन्डो प्यासिफिक सहयोग देशको हैसियतमा यो सम्मेलनमा सहभागी हुँदै आएको छ ।

प्रधानमन्त्री लक्सन शुक्रबार न्युजिल्याण्ड फर्किने छन् ।