पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो। तर, केन्द्रीय समिति बैठकले भने साधारण सदस्यता कायम राख्दै महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट मात्र हटाउने निर्णय गरेको एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
त्यस्तै, उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिइएको ती पदाधिकारीले बताए।
यसअघि गत बुधबार (असार १९) सात दिनका लागि ढकाललाई निलम्बन गरेको थियो। पार्टी अनुशासन विपरीतका गतिविधि गरेको र पार्टीका विरुद्धमा लागेको भन्दै ढकाललाई निलम्बन गरिएको थियो।
बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए। आज (मंगलबार) को बैठकमा भने उनी उपस्थित भएनन्।
ढकालले एक महिना लगाएर तयार पारेको प्रतिवेदनमा समेटिएका केही विषयहरू सार्वजनिक भएपछि पार्टीभित्रको विवाद छताछुल्ल भएको थियो।