न्युजिल्याण्डका उपप्रधान तथा बिदेशमन्त्री विन्स्टन पिटर्स दक्षिण कोरिया र जापानको भ्रमणमा जाने भएका छन् ।
उनी सहितको टोली आईतबार कोरियाको लागि प्रस्थान गर्ने छ । कोरियामा रहदा मन्त्री पिटर्सले त्यहाँका बिदेशमन्त्री सँग द्द्पक्षिय कुराकानी गर्ने भएका छन् । त्यस्तै कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि पिटर्सको भेटवार्ता हुने छ । त्यस्पछि पिटर्स कोरियाबाट जापानको राजधानी टोकियो जाने छन् । टोकियोमा आयोजना हुने १० औं जापान- प्यासिफिक आईल्याण्ड फोरम लिडर्स मिटिङमा मन्त्री पिटर्सले न्युजिल्याण्डको प्रतिनिधित्व गर्दै छन् । जापान बसाईका क्रममा मन्त्री पिटर्सले त्यहाँका प्रधानमन्त्री, बिदेशमन्त्री लगायत उच्चपदस्थ नेताहरु सँग भेट्ने छन् । केही हफ्ता अगाडि न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनको जापान भ्रमणलाई सार्थकता दिन मन्त्री पिटर्सको भ्रमणले सहयोग पुर्याउने विश्वास लिईएको छ । दुई देशको भ्रमण सकेर मन्त्री पिटर्स जुलाई २० मा न्युजिल्याण्ड फर्किने छन् ।


