चितवनमा पहिरोले दुईवटा यात्रु बस बगाउदा ६५ यात्रु बेपत्ता – New Zealand News Nepal (NZ News Nepal)

चितवनमा पहिरोले दुईवटा यात्रु बस बगाउदा ६५ यात्रु बेपत्ता

   July 12, 2024  

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।

ती बसमा चालकसहित ६५ रहेका बताइएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

प्रजिअ यादवका अनुसार जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।