नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहबीच ओलीले राष्ट्रपति पौडेलसँग शपथ ग्रहण गरेका हुन्।नेपालको संविधानको धारा ८० बमोजिम ओलीले शपथ ग्रहण गरेका हुन्।
संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले ओलीलाई आइतबार साँझ प्रधानमन्त्री नियुक्त गरेका थिए।


