पासपोर्ट नवीकरणका लागि नाम दर्ता गर्न वाणिज्य दुतावासको आवहान – New Zealand News Nepal (NZ News Nepal)

पासपोर्ट नवीकरणका लागि नाम दर्ता गर्न वाणिज्य दुतावासको आवहान

   July 19, 2024  

न्युजिल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई आफ्नो पासपोर्ट नवीकरणका लागि नाम दर्ता गर्न न्युजिल्याण्ड स्थित नेपाली वाणिज्य दुतावासले आवहान गरेको छ । ३१ जनवरी २०२६ अगाडि पासपोर्टको म्याद सकिने नेपालीले नयाँ पासपोर्ट बनाउनको लागि न्युजिल्याण्ड स्थित नेपाली वाणिज्य दुतावासमार्फत आवेदन दिन सक्ने छन् । हाल म्याद सकिन लागेका नेपालीको विवरण संकलन गर्ने कार्य भईरहेको छ । अष्ट्रेलियास्थित नेपाली दुतावासले न्युजिल्याण्डमा पासपोर्ट नवीकरणका लागि हरेक वर्ष गर्दै आएको मोवाईल सेवा सन् २०२५ मा पनि आयोजना गरिने भएकाले त्यही अनुरुप पासपोर्ट नवीकरणका लागि विवरण संकलन कार्य अघि बढेको छ  । विवरणका आधारमा सेवाग्राहीलाई सम्पर्क गरेर थप प्रकृयाको बारेमा जानकारी दिईने न्युजिल्याण्ड स्थित नेपाली वाणिज्य दुतावासले जनाएको छ ।

 

सन् २०२६ को जनवरी ३१ अगाडि पासपोर्टको म्याद सकिने नेपालीले यो लिंक मार्फत आफ्नो विवरण टिपाउन सक्ने छन्