फ्रान्सको पेरिसमा आज बाट सुरु हुने ओलम्पिक्समा न्युजिल्याण्डको तर्फ बाट १९५ जना खेलाडीले सहभागिता जनाउने भएका छन् ।
बिभिन्न २४ खेलका लागि १९५ जना खेलाडी न्युजिल्याण्डको तर्फबाट ओलम्पिक्समा सहभागी हुँदै छ ।
अगस्त ११ सम्म हुने ओलम्पिक्समा बिभिन्न २०६ राष्ट्रका १० हजार ७ सय १४ जना खेलाडी बिभिन्न ३२ खेलका ३२९ प्रतियोगितामा सहभागी हुँदै छन् ।
कुन खेलमा न्युजिल्याण्डका तर्फबाट कति खेलाडी ?
कलात्मक जिम्नास्टिक: १ जना
कलात्मक पौडी: २ जना
एथ्लेटिक्स: १७ जना
क्यानोईङ: १२ जना
साईकिलिङ: २० जना
डाईभिङ: १ जना
पुरुष फूटबल: १८ जना
महिला फूटबल: १८ जना
घोड सवार: ४ जना
गल्फ: ३ जना
पुरुष हक्की: १६ जना
जुडो: २ जना
पुरुष रग्बी: १२ जना
महिला रग्बी: १२ जना
रोइङ: २० जना
सेलिङ: १२ जना
सुटिङ: २ जना
स्पोर्टस क्लाइम्बिङ: २ जना
सर्फिङ: २ जना
पौडी: ९ जना
टेनिस: २ जना
ट्राम्पोलिङ जिम्नास्टिक: २ जना
ट्रायथोन: ४ जना
वेट लिफ्टिङ: २ जना
रेस्लिङ: १ जना


