पेरिसमा जारी ओलम्पिक्समा न्युजिल्याण्डले दोस्रो पदक जितेको छ । न्युजिल्याण्डमा ट्रायथलनमा सहभागी भएका हेडेन वाइल्डले देशको लागि रजत पदक (सिल्भर मेडल) जितेका हुन् ।
उनलाई बेलायतका खेलाडीले पछि पार्दै स्वर्ण पदकबाट बन्चित गराएका थिए ।
यो सँगै न्युजिल्याण्डले जारी पेरिस ओलम्पिक्समा एक स्वर्ण र एक रजत पदक जित्दै मेडल तालिकाको १४ औं स्थानमा रहेको छन् । रग्वी महिला राष्ट्रिय टोलीले न्युजिल्याण्डका लागि पहिलो स्वर्ण पदक दिलाएका थिए ।


