भारतिय राष्ट्रपति द्रौपदी मुर्मु आज न्युजिल्याण्ड आउँदै छिन् ।
उनि ३ दिनको लागि न्युजिल्याण्डको भ्रमणका लागि आउन लागेकी हुन् ।
हाल उनि फिजीको भ्रमणमा रहेकी छिन् । उनि सोमबार फिजी आईपुगेकी हुन् ।
राष्ट्रपति मुर्मूले मंगलबार फिजीको संसदमा सम्बोधन गरेकी छिन् । फिजीबाट राष्ट्रपति मुर्मू सिधै न्युजिल्याण्डको लागि प्रस्थान गर्ने छिन् ।
आज अकल्याण्ड आईपुग्ने मुर्मुले बिहीवार वेलिङ्टनको भ्रमण गर्ने छिन् । वेलिङ्टनमा मुर्मुको औपचारिक रुपमा स्वागत गरिने छ । त्यस्पछि उनी पुन: अकल्याण्ड फर्किने कार्यक्रम रहेको छ ।
वेलिङ्टनमा रहदा राष्ट्रपति मुर्मूले न्युजिल्याण्डकी राष्ट्रप्रमुख गभर्नर जेनरल सिन्डी किरो र सरकारप्रमुख प्रधानमन्त्री क्रिस्टोफर लक्सनसँग भेट गर्ने छिन् ।
त्यस्पछि उनी पुन: अकल्याण्ड फर्किने कार्यक्रम रहेको छ ।
राष्ट्रपति मुर्मुले अकल्याण्डमा आयोजना हुने शिक्षा सम्मेलनमा सम्बोधन गर्नुका साथै भारतीय समुदायसँग अन्तरक्रिया पनि गर्नेछिन् ।
न्युजिल्याण्ड भ्रमण सकेर राष्ट्रपति मुर्मु शुक्रबार प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टे प्रस्थान गर्ने छिन् ।
भारतीय राष्ट्रपतिको तर्फबाट यो भ्रमण ८ वर्ष पछिको हो । सन् २०१६ मा तत्कालिन राष्ट्रपति प्रणव मुखर्जीले न्युजिल्याण्डको भ्रमण गरेका थिए ।


