पेरिसमा जारी ओलम्पिक्समा न्युजिल्याण्ड हाल पदक तालिकाको १२ औं स्थानमा रहेको छ । न्युजिल्याण्डले मंगलबार राती सम्ममा ९ पदक जितेको छ ।
न्युजिल्याण्डका खेलाडीहरुले ३ स्वर्ण, ५ रजत र एक कास्य गरि ९ पदक जितिसकेका छन् । न्युजिल्याण्डले कायकिङ, रोईङ र रग्बीमा स्वर्ण पदक जितेको हो । त्यस्तै ५ रजत पदक मध्ये साईकिलिङ ट्र्याकमा एक , रोईङमा दुई, सेलिङमा एक र ट्रायथोलनमा एक पदक जितेको छ । रोइङमा नै न्युजिल्याण्डले कास्य पदक पनि जितेको छ ।
हालसम्मको पदक तालिका हेर्दा अमेरिका २१ स्वर्ण, ३० रजत र २८ कास्य पदक सहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै २१ स्वर्ण, १८ रजत र १४ कास्य सहित चीन दोस्रो स्थानमा रहेको छ ।


