२०२६ डिसेम्बर १९ अघि आमनिर्वाचन गर्न पर्ने, फर्केला लेबर सरकार ? – New Zealand News Nepal (NZ News Nepal)

२०२६ डिसेम्बर १९ अघि आमनिर्वाचन गर्न पर्ने, फर्केला लेबर सरकार ?

   August 7, 2024  

न्युजिल्याण्डमा अगामी आम निर्वाचन सन् २०२६ को डिसेम्बर १९ अगाडि गर्नु पर्ने भएको छ । निर्वाचन आयोगका अनुसार सन् २०२३ मा निर्वाचित भएको संसदको अवधी २०२६ को नोभेम्बर सम्म रहेको छ । नोभेम्बर २०२६ मा संसद बिघटन भएर डिसेम्बर १९ वा सो अघि नयाँ निर्वाचन गर्न अनिवार्य रहेको छ । गत वर्ष मात्र सम्पन्न भएको आमनिर्वाचन १४ अक्टोबर २०२३ मा भएको थियो । न्युजिल्याण्डको संसदको अवधी ३ वर्षको हुने गर्छ । हरेक ३-३ वर्षमा यहाँ प्रतिनिधि सभाका १२० सिटका लागि निर्वाचन हुँदै आएको छ ।

हाल सबै भन्दा ठुलो दलको हैशियतले नेसनल पार्टीले सरकारको नेत्र्त्व गरिरहेको छ । सरकारलाई एक्ट र एनजेड फर्स्ट पार्टीको समेत समर्थन गरेको छ । ६ वर्ष सत्तामा रहेको लेबर पार्टी भने हाल प्रतिपक्षमा रहेको छ । २०२६ मा हुने आमनिर्वाचनबाट सत्तामा फर्किने लेबरको दौउ रहेको छ । उता नेसनल भने लगातर दोस्रो कार्यकालको लागि तयार बस्न कार्ययोजना बनाउदै छ । यस्तोमा २०२६ पछि न्युजिल्याण्डमा राजनीतिक घटनाक्रम कुन रुपले अघि बढ्छ त्यो भने हेर्न बाँकी रहेको छ ।