नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना – New Zealand News Nepal (NZ News Nepal)

नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना

   August 7, 2024  

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा एउटा हेलिकप्टर दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी शान्तिराज कोइरालाले दुर्घटनाको पुष्टि गरे ।

उनका अनुसार एयर डाइनेस्टीको उक्त हेलिकप्टर जलिरहेको अवस्थामा भेटिएको छ। अहिले त्यहाँ पुगेका प्रहरी र स्थानीयबासीले हेलिकप्टरमा लागेको आगो निभाउने कोसिस गरिरहेका छन् ।