ब्राजिलमा विमान दुर्घटना, सबै ६१ जनाको मृत्यु – New Zealand News Nepal (NZ News Nepal)

ब्राजिलमा विमान दुर्घटना, सबै ६१ जनाको मृत्यु

   August 10, 2024  

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६१ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् ।

वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।