न्युजिल्याण्डले जित्यो ईतिहास कै बढी स्वर्ण, १९८४ को रेकर्ड तोडियो – New Zealand News Nepal (NZ News Nepal)

न्युजिल्याण्डले जित्यो ईतिहास कै बढी स्वर्ण, १९८४ को रेकर्ड तोडियो

   August 11, 2024  

पेरिसमा आज सम्पन्न हुने ओलम्पिक्समा न्युजिल्याण्डले ईतिहासकै सबै भन्दा बढी स्वर्ण पदक जितेको छ ।
यो वर्षको ओलम्पिक्समा न्युजिल्याण्डले १० स्वर्ण, ७ रजत र ३ कास्य गरि कुल २० पदक जितेको छ ।
यसअघि भएका ओलम्पिक्समा न्युजिल्याण्डले यो भन्दा बढी पदक जिते पनि स्वर्ण पदक जितेको भने यो नै सर्वाधिक हो ।
सन् १९८४ मा अमेरिकामा भएको ओलम्पिक्समा न्युजिल्याण्डले ८ स्वर्ण जितेको थियो । त्यसयता स्वर्ण पदकमा यो अंक बढ्न सकिएको थिएन । त्यस्तै २०२० मा भएको टोक्यो ओलम्पिक्समा ७ स्वर्ण जितेको थियो ।
यो वर्ष न्युजिल्याण्डले मेन्स हाईजम्प, मेन्स कायाक,साईकिलिङ, गल्फ, रोइङ र रग्बीमा एक एक स्वर्ण र महिना कायकको ३ बिधामा ३ वटै स्वर्ण जितेको हो ।

न्युजिल्याडले हालसम्म भएका ओलम्पिक्सहरुबाट १४३ वटा पदक बटुलिसकेको छ । जस्मा ५५ स्वर्ण, ३५ रजत र ५३ कास्य पदक रहेको छ ।