पेरिस ओलम्पिक : अमेरिका पदक तालिकाको शीर्ष स्थानमा, न्युजिल्याण्ड ११औं स्थानमा – New Zealand News Nepal (NZ News Nepal)

पेरिस ओलम्पिक : अमेरिका पदक तालिकाको शीर्ष स्थानमा, न्युजिल्याण्ड ११औं स्थानमा

   August 12, 2024  

पेरिस ओलम्पिक अन्तर्गत सबै विधाका खेलहरु सम्पन्न भएका छन् । आइतबार राति भएको अन्तिम खेलमा अमेरिकाको महिला बास्केटबल टोलीले फ्रान्सलाई हराउँदै स्वर्ण जितेको हो ।

योसँगै अमेरिका र चीनले समान ४०–४० स्वर्ण जितेका छन् । ओलम्पिक इतिहासमा पहिलोपटक दुई देशले बराबरी स्वर्ण जितेका हुन् ।

अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक शीर्ष स्थानमा रहँदा चीन २७ रजत र २४ कास्य सहित कुल ९१ पदक सहित दोस्रो स्थानमा रहेको छ ।

पदक तालिकामा जापान २० स्वर्ण, १२ रजत र १३ कास्यसहित तेस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको अष्ट्रेलियाले १८ स्वर्ण १९ रजत, १६ कास्य जितेको छ ।

त्यस्तै फ्रान्सले १६ र नेदरल्यान्डले १५ स्वर्ण जितेका छन् ।

त्यस्तै न्युजिल्याण्डले १० स्वर्ण, ७ रजत र ३ कास्य गरि २० पदक जितेको छ ।

यता दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । दक्षिण एशियाली मुलुकमध्ये पाकिस्तानले मात्र स्वर्ण जित्न सक्यो । भारतले १ रजत र ५ काँस्य पदक हात पार्न सफल भयो ।